मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुन तस्करीमा संलग्न सांसदका पीएलाई प्रहरीको संरक्षण

सुन तस्करीमा संलग्न सांसदका पीएलाई प्रहरीको संरक्षण

सानातिना पोके व्यपारीलाई चोरी तस्करीको अभियोगमा मुद्दा चलाउने प्रहरीले सुनजन्य पदार्थको चोरी तस्करीमा संलग्न व्यक्तिहरुलाई भने संरक्षण गरको पाइएको छ।
 |  शुक्रबार, माघ ३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३, २०७६

भैरहवा- सानातिना पोके व्यपारीलाई चोरी तस्करीको अभियोगमा मुद्दा चलाउने प्रहरीले सुनजन्य पदार्थको चोरी तस्करीमा संलग्न व्यक्तिहरुलाई भने संरक्षण गरको पाइएको छ।

रुपन्देही प्रहरीले सुन तस्करीमा संलग्न सांसद प्रमोद कुमार यादवका स्वकीय सचिव (पीए) कमलेश उपाध्यय र बलराज गुप्तालाई छाडिदिएको छ भने उनीसँगै रहेका महमद शेषलाई मुद्दा चलाएको छ।

उनीहरु तीनैजनालाई सशस्त्र प्रहरी बल २७ नम्बर गण रुपन्देहीको टोलीले सूचनाको आधारमा भैरहवाको गल्लामन्डी क्षेत्रबाट सुनसहित पक्राउ गरेको थियो। सशस्त्र प्रहरीबलका सहायक निरीक्षक टेकप्रसाद पौडेलको टोलीले ७ सय १६ ग्राम सुनसहित पक्राउ गरी थप कारबाहीको लागी जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा पठाएको थियो।

रुपन्देही प्रहरी प्रमुख हेमकुमार थापाको निर्देशनमा यादवका पीएलाई छाडेर शेषलाई मात्रै मुद्दा चलाईएको छ। यो घटनाले रुपन्देही प्रहरीमा समेत भित्रभित्रै तरंग सृजना गरेको छ।

रुपन्देही प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीका अनुसार उक्त घटनामा सम्मरीमाई गाउँपालिका वडा नम्बर २ का वर्ष ३५ का कयस महमद शेखलाई मुद्दा चलाएर अनुसन्धान भईरहेको छ। डिएसपी खड्काले भने, ‘उक्त धातु सुन नभएर सुन जस्तै देखिने पहेलोँ धातु रहेछ। घटनामा तीनजना रहेता पनि एक जनाको मात्रै संलग्नता देखिएकोले सोही अनुसार कारबाहि अगाडी बढाएको हो।

सशस्त्र प्रहरी बल नम्बर २७ गणको टोलीले यही पौस २५ गते गल्लामण्डीबाट ती व्यक्तिलाई पक्राउ गरेको थियो। पक्राउ परेका व्यक्तिहरुलाई थप कारबाहीका लागी जिल्ला प्रहरी कार्यलयमा सोही दिन बुझाएको थियो।

सशस्त्र प्रहरीले तीनजना पक्राउ गरेर पठाउने तर नेपाल प्रहरीले भने एक जनालाई मात्रै मुद्दा चलाउनुले यतिबेला दुई प्रहरीबीचमा समेत विश्वासको संकट देखा परेको छ। यादव नेपाली कांग्रेसको तर्फबाट निर्वाचित सांसद हुन्।

प्रकाशित: Jan 17, 2020| 19:39 शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।