मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अस्ताए विश्वकै होचो व्यक्तिको रेकर्ड राख्ने खगेन्द्र

अस्ताए विश्वकै होचो व्यक्तिको रेकर्ड राख्ने खगेन्द्र

विश्वकै होचो व्यक्तिको कीर्तिमान बनाएका खगेन्द्र थापा मगरको निधन भएको छ।
 |  शुक्रबार, माघ ३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३, २०७६

काठमाडौं - विश्वकै होचो व्यक्तिको कीर्तिमान बनाएका खगेन्द्र थापा मगरको निधन भएको छ। खगेन्द्रको शुक्रबार दिउँसो मणिपाल अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको हो।

पोखराको सृजनाचोकमा बस्दै आएका बाग्लुङ धुल्लुवासकोट ६ घर भएका खगेन्द्रको स्वास्थ्यमा समस्या आएपछि बिहीबार अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो। निमोनियाका कारण उनको निधन भएको अस्पतालले जनाएको छ।

उनलाई दिउँसो ३ बजे मृत घोषणा गरिएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानाले बताए। खगेन्द्रमा यसअघि स्वासप्रश्वास, हमोग्लोबिनको कमी, ह्वाइट ब्लड सेल बढी हुने समस्या देखिएको थियो।

खगेन्द्रले २०६७ असोज २८ मा विश्वकै होचो व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ मा नाम लेखाउन सफल भएका थिए। उनको उचाई ५७ सेन्टिमिटर ९२२।०४ इन्च० थियो। रूप बहादुर थापा मगर र धनमाया थापा मगरका छोराका रुपमा उनको जन्म २०४९ असोज १८ मा भएको थियो। खगेन्द्र जन्मदा उनको तौल जम्मा ६ सय ग्राम थियो। निधनअघि उनको तौल ५.५ केजी थियो।

प्रकाशित: Jan 17, 2020| 18:11 शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।