मंगलबार, भदौ २, २०८३

गायिका राउतको विषयमा प्रहरीले अनुसन्धान गर्ने

गायिका आस्था राउतमाथि प्रहरी छानबिन गर्ने भएको छ।
 |  शुक्रबार, माघ ३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३, २०७६

काठमाडौं- गायिका आस्था राउतमाथि प्रहरी छानबिन गर्ने भएको छ। उनले आफूलाई प्रहरीले ‘तँ’ भनेर दुव्र्यवहार गरेको भन्दै बिहीबार सामाजिक सञ्जालमार्फत एउटा भिडियो सार्वजनिक गरेकी थिईन्।

उक्त भिडियोमा प्रहरीलाई उनले आफूमाथि दुव्र्यवहार गरेको भन्दै विभिन्न आरोप लगाएकी थिईन्।

उनको आरोपपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँचमा खटिएकी महिला प्रहरीले मुद्दा हालेपछि प्रहरीले छानिबन गर्न लागेको हो।

दश मिनेट ३१ सेकेन्डको भिडियोमा गायिका राउतले प्रहरीलाई गाली गरेकी थिईन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका बेला भएको सबै गतिविधिको शुक्रबार सिसी टिभी फुटेज सार्वजनिक भएको छ।

‘फुटेज’मा प्रहरी र गायिका राउतको गतिविधि देखिएको छ।

सिसी टिभी फुटेजमा महिला प्रहरीले सुुरक्षा जाँचका बेला कुनै दुव्र्यवहार गरेको नदेखिने महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताएका छन्।

राउतले नै अभद्र व्यवहार गरेको फुटेजमा देखिएको भन्दै उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए।

यस विषयमा महिला प्रहरीले महानगरीय प्रहरी कार्यालयमा घटनाको विवरणसहित जानकारी गराएकी छन्।

उक्त विवरणमा ‘सुरक्षाको जाँच गर्न खोज्दा किन गर्नुपर्यो, म गायिका हो, चिन्नु भएन ?’ भनेर गायिका राउतले उल्टै प्रश्न गरेको उल्लेख रहेको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले बताए।

राउतलाई बोलाएर सोधपुछ गर्ने अवस्था देखिएको भन्दै उनले महिला प्रहरीबाट कुनै दुव्र्यवहार नभएको जिकिर गरे।

बुधबार अपराह्न त्रिभुवन विमानस्थलको आन्तरिक उडान कक्षबाट गायिका राउत भद्रपुर जाँदै गर्दा उक्त घटना भएको थियो।

प्रकाशित: Jan 17, 2020| 17:34 शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।