शुक्रबार, असोज ३०, २०८३

मुगुमा जिप दुर्घटना, घाइते ६ को अवस्था गम्भीर

मुगुमा शुक्रबार जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ। जिल्लाको सोरु गाउँपालिका वडा नम्बर ७ कुलाहामा लु१ज ३९५३ को जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
 |  शुक्रबार, माघ ३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३, २०७६

मुगु –मुगुमा शुक्रबार जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ। जिल्लाको सोरु गाउँपालिका वडा नम्बर ७ कुलाहामा लु१ज ३९५३ को जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

जिप सडकबाट अन्दाजी ४५ मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइतेहरुको सिप गाउँमा रहेको स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार भएको र उनीहरुलाई थप उपचारका लागि जिल्ला अस्पताल पठाउने तयारी भैरहेको प्रहरीले जानकारी दिएको छ।

घाइते हुनेहरुमा सोरु गाउँपालिका गिलाहा गाउँकी दलना बम, बन्जाह गाउँका र्धम बहादुर मल्ल, लिब्रु गाउँकी कमला शाही, नुवाकोट गाउँकी दर्शना देवी शाही, राष्ट्रिय बाणिज्य बैंक सोरुकोट शाखाका लेखापाल तेजिन्द्र आचार्य, जुम्ला जिल्लाकी उशा भण्डारी र जिप चालक प्रकाश बश्याल रहेको छन। कमला शाही बाहेक अन्य ६ जनाको अवस्था गम्भीर रहेको छ।

प्रकाशित: Jan 17, 2020| 15:46 शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।