मंगलबार, भदौ २, २०८३

बैंकको ऋण तिर्न नसक्दा वडाध्यक्षले गरे आत्महत्या

भारतको बहराईचस्थित एक होटलको कोठामा मृत भेटिएका बाँकेको कोहलपुर नगरपालिका–१२ का अध्यक्ष कृष्णबहादुर खड्काले बैंक ऋणको तनावले आत्महत्या गरेको खुलेको छ।
 |  शुक्रबार, माघ ३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३, २०७६

काठमाडौं- भारतको बहराइचस्थित एक होटलको कोठामा मृत भेटिएका बाँकेको कोहलपुर नगरपालिका–१२ का अध्यक्ष कृष्णबहादुर खड्काले बैंक ऋणको तनावले आत्महत्या गरेको खुलेको छ।

ऋण तिर्न नसक्दा बैंकबाट बारम्बार फोन आएपछि तनाव झेल्न नसकेर आत्महत्या गरेको खड्काले आत्महत्याअघि लेखेको नोटमा उल्लेख छ।

कोहलपुरका मेयर लुटबहादुर राउतले खड्काले होटलको कोठामा छोडेको 'सुसाइड नोट' मा आफूले सिद्धार्थ बैंकबाट २१ लाख रुपैयाँ ऋण लिएको र बैंकले ऋण चुक्ता गर्न निकै ताकेता गरिरहँदा पनि आफूले तिर्न नसकेपछि आत्महत्याको बाटो रोजेको उल्लेख गरेको जानकारी दिए।

नोटमा खड्काले बैंकको ऋण तिर्न आफन्तबाटसमेत कुनै सहयोग नपाएको उल्लेख गरेका छन्। ६८ वर्षीय खड्का बहराइचस्थित शंकर होटलमा पुस २९ गते मृत भेटिएका थिए। 

नोटमा उनले होटल मालिकलाई कुनै दुःख नदिनसमेत भनेका छन्। खड्का सुर्खेतको मेहलकुना जान भनी घरबाट निस्केको पारिवारिक स्रोतले जनाएको छ। उनको शुक्रबार बिहान दाहसंस्कार गरिएको छ।

प्रकाशित: Jan 17, 2020| 14:53 शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।