मंगलबार, भदौ २, २०८३

बौद्धमार्गी नेपाल प्रवेश गर्दा सीमामा दुर्व्यवहार !

भारत हुँदै नेपाल आउने बौद्धमार्गीहरुले सीमा क्षेत्रमा दुर्व्यवहार खेप्नु परेको छ।
 |  शुक्रबार, माघ ३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३, २०७६

काठमाडौं– भारत हुँदै नेपाल आउने बौद्धमार्गीहरुले सीमा क्षेत्रमा दुर्व्यवहार खेप्नु परेको छ।

भारतीय अखबार ‘द हिन्दु’ मा प्रकाशित समाचारमा विभिन्न देशबाट भारत हुँदै लुम्बिनी आउने बौद्धमार्गीहरुले सुनौली नाकामा भारतीय अध्यागमन र भन्सार विभागले दुख दिएको उल्लेख गरेको छ।

सुनौली नाकामा सुरक्षा जाँच कडा पारिएसँगै पर्यटकहरुले ४ देखि ६ घण्टासम्म लाइनमा उभिएर सास्ती खेप्नु परेको ‘द हिन्दु’ ले उल्लेख गरेको छ। ती भारतीय कार्यालयहरुमा अपर्याप्त पूर्वाधारका कारण पनि समस्या भएको हो।

सुनौली उत्तरप्रदेशको शहर गोरखपुरबाट ९० किलोमिटर टाढा छ भने सुनौलीबाट लुम्बिनी २६ किलोमिटरको दुरीमा। समाचारका अनुसार बौद्ध सर्किटमा समावेश बोधगया, राजगिर, बैशाली, सारनाथ, स्रावस्ती, कुसिनगर र लुम्बिनी घुम्नका लागि थाइल्याण्ड, कोरिया, जापान, श्रीलंका, म्यानमारलगायतबाट अउने पर्यटकहरु भारततर्फको चेकजाँचले गर्दा अप्ठ्यारोमा परेका छन्।

सीमा क्षेत्रमा हुने यस्तो दुर्व्यवहारले नेपाल आउने पर्यटक प्रभावित हुने र भिजिट नेपालमा समेत प्रभाव पार्ने त होइन भने चासो पनि थपिएको छ।

प्रकाशित: Jan 17, 2020| 14:28 शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।