मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मौलिक हकविरोधी विधेयकविरुद्ध देशैभर विरोधपत्र बुझाउँदै कांग्रेस

मौलिक हकविरोधी विधेयकविरुद्ध देशैभर विरोधपत्र बुझाउँदै कांग्रेस

जनताको मौलिक हकसँग बाझिने गरी सरकारले ल्याएका विधेयकहरुविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभरबाट एकैसाथ सरकारलाई विरोधपत्र बुझाउने भएको छ।
 |  शुक्रबार, माघ ३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३, २०७६

काठमाडौं– जनताको मौलिक हकसँग बाझिने गरी सरकारले ल्याएका विधेयकहरुविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभरबाट एकैसाथ सरकारलाई विरोधपत्र बुझाउने भएको छ।

कांग्रेसले आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई विरोधपत्र बुझाउन लागेको हो।

सरकारले ल्याएको सूचना प्रविधि विधेयक, विशेष सेवालगायत विधेयकको विरोध कांग्रेसले गर्दै आएको छ। ती विधेयक फिर्ता हुनुपर्ने अथवा सच्याउनु पर्ने माग कांग्रेसको छ।

कांग्रेसको पुस १७ गते बसेको केन्द्रीय समिति बैठकले ती विधेयकविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको थियो। तर, पार्टीको आन्तरिक विवादका कारण विरोधका कार्यक्रमहरु स्थगित भएको थियो।

पार्टीभित्रको विवाद मत्थर भएपछि कांग्रेसले ७७ वटै जिल्ला र केन्द्रबाट दबाबस्वरुप सरकारलाई विरोधपत्र बुझाउन लागेको हो।

यता, सूचना प्रविधि विधेयकको विरोध नागरिक स्तरबाट पनि हुँदै आएको छ। विधेयकले समाजिक सञ्जालसहित अभिव्यक्ति स्वतन्त्रता खुम्च्याएको भन्दै विरोध भएको हो।

प्रकाशित: Jan 17, 2020| 14:07 शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।