मंगलबार, भदौ २, २०८३

दाङमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

दाङका दुई स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ।
 |  शुक्रबार, माघ ३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३, २०७६

बुटवल– दाङका दुई स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

दाङको चिसापानीमा बिहीबार राति रा५प २२६९ नम्बरको मोटरसाइकल दुर्घटनामा परी शान्तिनगर गाउँपालिका–५, काशीपुरका टोपलाल केसीको ज्यान गएको छ। दुर्घटनामा गम्भीर घाइते ५२ वर्षीय उपचारका लागि कोहलपुर मेडिकल लैजादै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार केसीलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि कोहलपुर लगिएको थियो।

यस्तै, शान्तिनगर गाउँपालिका–१, हारिचारमा रा१क नम्बरको एक्साभेटरको ठक्करबाट ६६ वर्षीय लालबहादुर थापाको ज्यान गएको छ। थापाको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय, दाङका प्रवक्ता एवं डीएसपी नरराज पोखरेलले जानकारी दिए।

प्रहरीले एक्साभेटर र त्यसका चालक नोखिराम बुढाथोकीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Jan 17, 2020| 13:35 शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।