मंगलबार, भदौ २, २०८३

स्वास्थ्य सचिव चौधरीको राजीनामा ३ महिनापछि स्वीकृत

विश्व स्वास्थ्य संगठन कन्ट्री अफिस भारतका लागि जागिर सुनिश्चित भएपछि चौधरीले गत कात्तिक १३ मा राजीनामा दिएकी थिइन् ।
 |  शुक्रबार, माघ ३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३, २०७६

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले चौधरीले राजीनामा स्वीकृत गरेको हो ।

विश्व स्वास्थ्य संगठन कन्ट्री अफिस भारतका लागि जागिर सुनिश्चित भएपछि चौधरीले गत कात्तिक १३ मा राजीनामा दिएकी थिइन् । तर, अहिलेसम्म उनको राजीनामा स्वीकृत भएको थिए । चौधरी भने कात्तिक ३ गतेबाटै डब्लुएचओमा हाजिर भइसकेकी थिइन् । सरकारले राजीनामा स्वीकृत गर्न नमानेपछि उनले पुनः अनुरोध गरेकी थिइन् ।

मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार मन्त्रीपरिषदले सचिवको राजीनामा स्वीकृत गरेको जानकारी मन्त्रालयलाई प्राप्त भइसकेको छ । चौधरीले राजीनामा दिएदेखि स्वास्थ्य मन्त्रालय सचिवविहीन छ ।

प्रकाशित: Jan 17, 2020| 12:44 शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।