काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ। सत्य निरुपण तथा मेलमिलाप आयोगको विषयमा छलफल गर्न कांग्रेस नेताहरु बालुवाटार पुगेका थिए। तर, छलफलमा कुनै सहमति हुन सकेन।
‘द्वन्द्वकालीन मुद्दा समाधानका लागि केही कानुनहरु संशोधन गर्नुपर्ने आवश्यकता छ। त्यही विषयमा छलफल भएको हो,’ नेपाल समयसँग रिजालले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी चयनका विषयमा पनि छलफल भयो। पदाधिकारी सिफारिसका लागि गठन गरिएको समितिलाई छिटै पदाधिकारी सिफारिस गर्न भनिएको छ।’
रिजालका अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगको नेतृत्व कसलाई दिने भन्ने विषयमा सहमति भएन।
राजनीतिक दलहरुबीच सहमति हुन नसक्दा सिफारिस समितिको बैठक ओझेलमा पर्दै आएको छ। शीर्ष नेताको मुख ताकेका समितिका पदाधिकारीहरुले आयोगका पदाधिकारीबारे सिफारिस गर्न सकेका छैनन्।