मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • योजनाको भुक्तानी नपाएको भन्दै जनकपुरमा प्रदेश सरकारविरुद्ध प्रदर्शन, चार पक्राउ

योजनाको भुक्तानी नपाएको भन्दै जनकपुरमा प्रदेश सरकारविरुद्ध प्रदर्शन, चार पक्राउ

प्रदेश २ सरकारविरुद्ध प्रदर्शन गरेको आरोपमा प्रहरीले जिरोमाइलबाट चार जनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, माघ ३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३, २०७६

जनकपुरधाम– योजनाको भुक्तानी नगरेको भन्दै उपभोक्ता संघर्ष समितिले शुक्रबार जनकपुरमा प्रदेश २ सरकारविरुद्ध प्रदर्शन गरेको छ।

गत आर्थिक वर्षमा सम्पन्न योजनाको भुक्तानी नपाएको भन्दै संघर्ष समितिले जिरोमाइलमा प्रदर्शन गरेको हो। पूर्वघोषित कार्यक्रम अनुसार प्रदर्शन गरेको समितिले जनाएको छ।

बक्यौता रकम भुक्तानीका लागि दबाब दिन उपभोक्ता समिति सदस्यहरूले उपभोक्ता संघर्ष समिति गठन गरेका थिए। त्यसयता समितिले विभिन्न दबाबमूलक कार्यक्रम गरिरहेको छ।

यसअघि गत सोमबार समितिले जनकपुरस्थित पूर्वाधार कार्यालयमा तालाबन्दीसमेत गरेको थियो। यस्तै, समितिले प्रदेशसभा घेराउसमेत गरेको थियो।

गत आर्थिक वर्षको अन्त्यमा प्रदेश सरकारका मन्त्री र सांसदले बाँडेका ८४२ योजनामध्ये करिब ८७ करोड रूपैयाँ हालसम्म भुक्तानी हुन नसकेको छैन।

उपभोक्ता समितिका अधिकांश पदाधिकारी प्रदेश सरकारमा सत्तासीन समाजवादी पार्टी र राजपाका कार्यकर्ताहरू छन्। प्रदेश सरकारले भुक्तानी नगरेको भन्दै प्रदेशसभा बैठकसमेत बस्न सकेको छैन।

यता प्रदेश सरकारले भने कानुनी अड्चनका कारण गत आर्थिक वर्षका योजनाको भुक्तानी चालु आर्थिक वर्षमा गर्न नसकेको बताइको छ।

यसैबीच, सरकारविरुद्ध प्रदर्शन गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार पक्राउ पर्नेमा रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश चौधरी र शंकर साह छन्।

प्रकाशित: Jan 17, 2020| 11:49 शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।