काठमाडौं– अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)को विरोध गरेको आरोपमा भोजपुरको देउराली चोकबाट तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भोजपुर नगरपालिकाका भीम इशारा राई, विदुर राईलगायत रहेकाे प्रहरीले जनाएकाे छ।
भीमले देउराली चोकमा ‘नो एमसीसी’ लेखिएको ब्यानर राखेको बताइएको छ।
जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) नरबहादुर दर्लामीले भने बाटो अवरुद्ध गर्न खोजेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको बताए।