मंगलबार, भदौ २, २०८३

पत्रकारको हत्या गर्ने दुई जनालाई ३९ वर्ष कैद सजाय

पत्रकार मनोहर ढकालको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई जिल्ला अदालत मकवानपुरले दोषी ठहर गर्दै ३९ वर्षको कैद सजाय सुनाएको छ ।
 |  शुक्रबार, माघ ३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३, २०७६

हेटौंडा- पत्रकार मनोहर ढकालको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई जिल्ला अदालत मकवानपुरले दोषी ठहर गर्दै ३९ वर्षको कैद सजाय सुनाएको छ ।

पत्रकार ढकालको हत्यामा संलग्न हेटौँडा–११ का २० वर्षीय अनमोल पुडासैनी र हेटौँडा १२ का १९ वर्षीय प्रविण वाइबालाई ३९ वर्षको कैद सजाय सुनाएको जिल्ला अदालत मकवानपुरले जनाइएको छ । उनीहरुलाई जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको आजको इजलासले दोषी ठहर गरेको हो ।

एक वर्ष अघि विसं २०७५ पुस २५ गते साँझ हेटौँडा–१ को भैरवडाँडा नजिक गम्भीर घाइते अवस्थामा फेला परेका पत्रकार ढकालको उपचारका लागि हेटौँडा अस्पताल पु¥याएको केही बेरमा अस्पतालले मृत घोषित गरेको थियो ।

शुरुमा मोटरसाइकल दुर्घटनामा ढकालको मृत्युभएको भनिएको भए पनि घटनास्थलको प्रकृति र मोटरसाइकलको अवस्था आदिका कारण प्रहरीले घटनालाई सुक्ष्म रुपमा अनुसन्धान गरेको थियो ।

पत्रकार महासङ्घ, प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टरका सङ्घसंस्थाले घटना सामान्य दुर्घटना नभई गम्भीर हत्या भएको भन्दै हत्यामा संलग्नलाई तुरुन्त पक्राउ गरी कडाभन्दा कडा कारवाहीको माग गरी रहेको अवस्थामा सात दिनपछि प्रहरीले हत्यामा संलग्न भन्दै दुई जना र घटनापछि हराएको मृतक ढकालको औँठी र मोबाइल फोन खरिद गर्ने दुई जना गरी चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

पत्रकार सम्मेलनमा हत्यामा संलग्न भनिएका दुवै जनाले पत्रकार ढकालले आफूहरुलाई लागुऔषध नखान भनेकाले रिस उठेको र हातको औँठी देख्दा लोभ लागेर मोटरसाइकलबाट धकेलेर ढुङ्गामा लडाएको र ढुङ्गाले हानेर औँठी, मोबाइल फोन र झोला लिएर भागेको बताएका थिए ।

अदालतले उनीहरुलाई हत्या अभियोगमा जन्मकैद र डकैतीमा १४ वर्ष गरी कूल ३९ वर्ष कैद फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार केशवराज कैसिकले जानकारी दिए । 

रेडियो अनमोलमा कार्यरत रहँदा मारिनुभएका पत्रकार ढकालले मकवानपुरको पहिलो सामुदायिक रेडियो, रेडियो पालुङ, शक्ति एफएम हेटौँडा आदिमा स्टेशन म्यानेजर भई काम गर्नुभएको थियो ।

प्रकाशित: Jan 17, 2020| 09:36 शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।