काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राजपा) केन्द्रीय कार्यसमितिको पूर्ण बैठक यही माघ १७ गतेदेखि काठमाडौंमा बस्ने भएको छ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको भावी कार्यनीति र कार्यक्रम तय गरिनुका साथै आगामी जेठमा हुने पार्टीको केन्द्रीय महाधिवेशनको तयारीका सम्बन्धमा घनीभूत छलफल हुने राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
प्रत्येक तीन महिनामा बस्ने केन्द्रीय समितिको बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीतिबारे प्रतिवेदन प्रस्तुत गर्ने उनले बताए ।