मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाले संसद्लाई ‘बन्धक’ बनाएको भन्दै कांग्रेसले डाक्यो संसदीय दलको बैठक

नेकपाले संसद्लाई ‘बन्धक’ बनाएको भन्दै कांग्रेसले डाक्यो संसदीय दलको बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (शुक्रबार) बस्दैछ।
 |  शुक्रबार, माघ ३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३, २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (शुक्रबार) बस्दैछ।

बैठक सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्न लागेको हो।

सभामुख चयनमा देखिएको विवादले रोकिएको संसद्लाई यथाशीघ्र सञ्चालन गर्न प्रतिपक्षी दलको भूमिकाका बारेमा छलफल गर्न बैठक बोलाइएको कांग्रेसले जनाएको छ।

नेकपाले सभामुखको उम्मेदवार छान्न नसक्दा संसद् ‘बन्धक’ बनाएको कांग्रेसको आरोप छ।

नेकपाले सभामुखको उम्मेदवार छान्न नसक्दा पुसयता तीन पटक संसद् स्थगित भइसकेको छ।

प्रकाशित: Jan 17, 2020| 07:38 शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।