मंगलबार, भदौ २, २०८३

कैदी भगाउने ५ जनालाई कारवाही सिफारिस

गत पुस २७ गते रौतहटको गौर कारागारबाट कैदी भगाएको आरोप लागेका नेपाल प्रहरीका पाँच जनालाई बिभागिए कारबाहीको सिफारिस भएको छ।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

काठमाडौं- गत पुस २७ गते रौतहटको गौर कारागारबाट कैदी भगाएको आरोप लागेका नेपाल प्रहरीका पाँच जनालाई बिभागिए कारबाहीको सिफारिस भएको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत किरणनिधि तिवारीको संयोजकत्वमा गठित छानबिन समितिले प्रहरी नायब निरिक्षकसहित पाँच जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो।

समितिले प्रमुख जिल्ला अधिकारीसमक्ष बिहीबार बुझाएको प्रतिबेदनमा ५ जनालाई विभागीय कार्वाहीको लागि सिफारिस गरिएको छ।

समितिले कारागार सुरक्षार्थ खटिएका प्रहरी नायव निरीक्षक रामसरोबर सिंहलगायत पाँच प्रहरीलाई विभागीय कारबाही गर्न छानविन समितिले बिहीबार प्रमुख जिल्ला अधिकारी समक्ष प्रतिवेदन बुझाएको हो।

समितिले प्रहरी नायव निरीक्षक रामसरोबर सिंह, प्रहरी सहायक निरीक्षक दिनानाथप्रसाद यादव, प्रहरी हवलदार नीरजकुमार सिंह र प्रहरी जवान महानन्दप्रसाद यादवलाई कारवाहिको सिफारिस गरिएको संयोजक तिरवारीले जानकारी दिए।

कारागारमा रहेका गढीमाई नगरपालिका(१ का अशोक यादब पुस २७ गते आइतबार राति १० बजेको समयमा कारागारको विद्युत् प्रणाली अवरुद्ध बनाएर भागेका थिए। उनी अपहरण, शरीर बन्धक तथा संगठित अपराध मुद्दामा १५ वर्षको सजाय पाएका हुन्।

तीन दिन भित्र प्रतिबेदन बुझाउने गरि प्रमुख जिल्ला अधिकारीले तिवारीको संयोजकत्वमा प्रहरी निरीक्षक नवीनकुमार सिंह, राष्ट्रिय अनुसन्धान विभागका निरीक्षक मायाशंकर सिंह सदस्य रहेको समिति गठन गरेका थिए।

समितिले कार्यालय सहयोगी एकरामुल हकलाई पनि कारवाहीको सिफारिस गरेको छ।

कार्यालय सहयोगी हकलाई प्रहरी हिरासतमा राखी जिल्ला अदालत गौरबाट ६ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको छ।

तिवारीका अनुसार कैदी भगाउने कार्यमा कार्यालय सहयोगी हक र कारागारको सुरक्षामा खटिएका प्रहरीको गम्भीर त्रुटी रहेकोले उनीहरुलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको हो।

प्रकाशित: Jan 16, 2020| 20:28 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।