मंगलबार, भदौ २, २०८३

रुकुमपूर्वमा पुनः हिमपात, दैनिकी कष्टकर

रुकुमपूर्वमा बिहीबार पुनः हिमपात भएको छ। पहिलेको हिउँ नबिलाउँदै पटकपटक भएको हिमपातले जिल्लाको माथिल्लो क्षेत्रका बस्तीहरु प्रभावित भएका छन्।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

रुकुमपूर्व- रुकुमपूर्वमा बिहीबार पुनः हिमपात भएको छ। पहिलेको हिउँ नबिलाउँदै पटकपटक भएको हिमपातले जिल्लाको माथिल्लो क्षेत्रका बस्तीहरु प्रभावित भएका छन्।

मङ्सिरको अन्तिम साताबाट हिमपात शुरु गरेको हिउँ लगातार हप्ताहप्तामा परिरहेको छ।

हिमपातका कारण जिल्लाका पुथा उत्तरगङ्गा गाउँपालिका, सिस्ने गाउँपालिकाका १ र २ नम्बर वडा तथा भुमेका केही क्षेत्रहरु प्रभावित भएका छन्।

केहि हप्ता यता लगातार रुपमा भइरहेको वर्षा र माथिल्लो क्षेत्रमा भएको हिमपातले जिल्लावासीको जनजीवन कष्टकर बन्दै गएको छ।

हिमपातका कारण पुथा उत्तरगङ्गा गाउँपालिकाका अधिकांश क्षेत्रहरु प्रभावित बनेका छन्। पहिलेको हिउँ बिलाउन नपाउँदै पुनःआज हिमपात भएपछि मानिस बाहिर निस्कन नसकेको वडा नम्बर १ मैकोटका कर्मशाही घर्तीले बताए।

बाक्लो हिउँ जमेकै कारण नागरिकका दैनिकी पनि ठप्प बनेको उनले बताए। हिउँले सबै जमीन छोपेपछि पशुचौपायलाई पनि चरणक्षेत्रको अभाव भएको स्थानीयले बताएका छन्।

पटकपटकको वर्षा र हिमपातले जिल्लामा विद्यालय जाने बालबालिका, ज्येष्ठ नागरिकलाई समस्या हुने गरेको छ।

हिमपातकै कारण विकास निर्माणका कामलगायत सडक पनि अवरुद्ध भएका छन्। सडकमा चारदेखि पाँच फिटसम्म हिउँ जमेकै कारण मङ्सिरको अन्तिम साता अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन।

यता आकाशे पानीको भरमा खेती गर्ने किसानलाई भने हिमपात र वर्षाले निकै राहत मिलेको छ। पटक पटक भएको हिमपात र वर्षाले यस वर्षको बालीनाली सप्रने भन्दै जिल्लाका किसानहरु खुशी भएका हुन्। रासस

प्रकाशित: Jan 16, 2020| 20:23 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।