शुक्रबार, असोज ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अबुधाबीमा गाडी दुर्घटना हुँदा ६ को मृत्यु, मृत्यु हुनेमा सवै नेपाली हुनसक्ने आशंका

अबुधाबीमा गाडी दुर्घटना हुँदा ६ को मृत्यु, मृत्यु हुनेमा सवै नेपाली हुनसक्ने आशंका

युएईको अबुधाबीमा महिला कामदार बोकेको गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

काठमाडौं- युएईको अबुधाबीमा महिला कामदार बोकेको गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। सो गाडीमा १७ जना नेपाली महिला कामदार रहेको पराराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

पराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालका अनुसार हालसम्म मृतकको सनाखत हुन सकेको छैन।

पराराष्ट्र मन्त्रालयले अवुधाबीस्थित नेपाली दूतावासलाई गाडी दुर्घटना र नेपाली परे वा नपरेको अवस्थाको बारेमा राम्रोसँग बुझेर जानकारी गराउन निर्देशन दिएको प्रवक्ता पौड्यालले बताए।

गाडीमा २२ जना महिला कामदार रहेको र १७ जना नेपाली कामदार रहेको अवुधाविस्थित नेपाली दूवातावासले जनाएको पौड्यालले जानकारी दिए।

नेपाली बाहेक बाँकी श्रीलंका र अफ्रिकी मुुलुकका पाँचजना महिला कामदार रहेको पनि दूतावासले जानकारी दिएको छ।

सवार सबै सरसफाई सम्बन्धी काम गर्ने एमबीएम कम्पनीका कामदार हुन्।

घाइतेहरुको आबुधाबीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा परेका कामदारहरुको नाम जुधेको हुँदा पहिचानको लागि कठिन भएको दूतावासले जनाएको पनि पौडेलले नेपाल समयलाई बताए।

कामदार सवार बस स्थानीय समयअनुसार बिहीबार बिहान ५.३० बजे अबुधाबीको अल रहा भन्ने स्थानमा दुर्घटनामा परेको हो।

प्रकाशित: Jan 16, 2020| 17:54 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।