काठमाडौ– नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारले सफाइ दिएको छ। यो साताकाे मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले श्रेष्ठले सफाइ पाएको बताएका हुन् ।
श्रेष्ठले बैंकहरुको खराब कर्जा लुकाउन सहयोग गरेको, सर्वोच्च अदालतको फैसला नपुग्दै अजय सुमार्गीको विदेशबाट ल्याएको पैसा निकाल्न सहयोग गरेको, एनसेललाई कानुनी प्रक्रिया पूरा नहुँदै लाभांश फिर्ता लैजान सहयोग गरेको जस्ता आरोप लगाउँदै सरकारले उनीमाथि छानविन गर्न राष्ट्र बैंकलाई भनेको थियो ।
त्यस्तै श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना संकलन गर्न प्रयोग गरिने सफ्टवेयर चल्न नदिन भूमिका खेलेको समेत आरोप लागेको थियो ।
सरकारले छानबिनका लागि गत कार्तिक १५ गते नेपाल राष्ट्र बैंकलाई पत्र पठाएपछि १८ गते बसेको सञ्चालक समितिको बैठकले श्रीराम पौडेलको संयोजकत्वमा श्रीराम रेग्मी र सुवोधकुमार कर्ण सदस्य रहेको समिति गठन गरेको थियो ।
छानबिन समिति गठन भएपछि श्रेष्ठ स्वतः निलम्बनमा परेका थिए।
समितिले बुझाएको प्रतिवेदनका आधारमा श्रेष्ठले सफाइ पाएको मन्त्री बास्कोटाले जानकारी दिए। उनले भने, "दोष सावित भएन, उहाँले सफाइ पाउनुभयो ।