काठमाडौं- सेयर बजार परिसूचक साताको अन्तिम कारोबार दिन (बिहीबार) २६ अंकले बढेर १३१०.२३ अंकमा अडिएको छ।
यसदिन अन्य समूहको समूहगत परिसूचक १.७ प्रतिशतले घटेको छ। बाँकी सम्पूर्ण समूहगत परिसूचक भने उकालो लागेको छ।
बजारमा ७० प्रतिशत भन्दा बढी हिस्सा रहेको बैंकिङ क्षेत्र १९.३८ ले बढेको छ। जसका कारण बजार बढ्न मद्दत पुगेको थियो।
यसदिन ट्रेडिङ समूहको २८.५९, होटल्स समूहको ७४.५५, विकास बैंक ४१.८४, जलविद्युत ७.९७, फाइनान्स २६.५५, निर्जीवन बिमा १२५.७१, उत्पादनमूलक ९७.३१, लघुवित्त ७६.१८, जीवन बिमा २४२.५८ र म्युचल फन्डमा ०.३२ अंकले उकालो लागेको छ।
यसदिन १८१ वटा कम्पनीको ५० लाख कित्ता सेयर एक अर्ब ६९ करोड रुपैँया बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। यसदिन १० प्रतिशत भन्दा बढी कमाउनेमा एनआइबीएल प्रगति फन्ड रहेकाे छ। यसले १०.०६ प्रतिशतले कमाएको छ।
त्यस्तै आइसीएफ्सी फाइनान्स लिमिटेड, ग्लोवल आइएमई लघुबित्त वित्तिय संस्था, तिनहुँ मिसन डेभलपमेन्ट र मल्टीपर्पोज फाइनान्स कम्पनी लिमिटेडले दश प्रतिशतले कमाएका छन्।
यसदिन कारोबार भएका १८१ कम्पनीमध्ये १५२ कम्पनीले कमाएका छन् भने १५ कम्पनीले थोरै गुमाएका छन्। यसदिन सबैभन्दबा बढी कारोबार हुने कम्पनीमा हिमालय डिस्टिलरी, सिवम् सिमेन्ट, एनआइसी एसिया बैंक, प्रभु बैंक लगायतका रहेका छन्।
बिहीबार सबैभन्दा बढी गुमाउनेमा महिला सहयात्रा लघुबित्त संस्था,अरुण कावेली पावर लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी, सानिमा बैंक लिमिटेडको डिभेन्चर सेयर, लक्ष्मी इक्वीटी फन्ड रहेका छन्।