मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खानलाउनकै लागि विदेशीनु पर्ने बाध्यताको अन्त्य हुन्छ : भुसाल

खानलाउनकै लागि विदेशीनु पर्ने बाध्यताको अन्त्य हुन्छ : भुसाल

कृषि तथा पशुपक्षी मन्त्री घनश्याम भुसालले खानलाउनकै लागि विदेशीनु पर्ने समस्याको अन्त्य गरिने घोषणा गरेका छन्।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

भैरहवा – कृषि तथा पशुपक्षी मन्त्री घनश्याम भुसालले खानलाउनकै लागि विदेशीनु पर्ने समस्याको अन्त्य गरिने घोषणा गरेका छन्। रुपन्देहीको अमुवामा सुरु भएको रुपन्देही मत्स्य कृषि तथा माघी महोत्सवको उद्घाटन गर्दै मन्त्री भुसालले यसका लागि सरकारले स्वदेशमै रोजगारीका अवसर सिर्जन गर्न योजना बनाइरहेको बताए।

कृषि क्षेत्रमा युवाहरुको सहभागिता बढाउन आफुले पनि योजना बनाइरहेको बताउँदै भुसालले युवालाई स्वरोजगार बनाइ विदेशीनु पर्ने बाध्यताको अन्त्य गरिने बताए।

‘कृषि क्षेत्रमा चलिआएको परम्परागत प्रणालीलाई तोडेर आधुनिक र वैज्ञानिक प्रणालीमार्फत कृषि उद्यम सञ्चालन गर्नुपर्छ। जहाँ एकैसाथ हजारौं युवाले एकातिर रोजगारी पाउँछन् भने अर्कोतिर स्वतः कृषि उद्यमी बन्ने वातावरण पनि बन्छ।’, भुसालले भने।

उनले सरकारका अबका काम कृषिमा आत्मनिर्भर हुनेमा केन्द्रीत रहने बताए। ‘हामी भन्दा कमजोर देशहरु आज कृषिको उत्पादन बिक्री गरिरहेका छन्। जापान, कोरिया, सिंगापुर, मलेसिया भन्दा मलिलो, प्राकृतिक स्रोतसाधनले पूर्ण मुलुकले कृषिजन्य उत्पादन आयात गर्नु दुःखद पक्ष हो।’, भुसालले भने, ‘हामीले विकासको कुरा गर्दा कृषिको अहिलेको अवस्थालाई पूर्णतः तोड्दै कृषिमा आत्मनिर्भर हुनतर्फ लाग्नै पर्दछ। सरकारका अबका कार्यक्रम त्यसतर्फ केन्द्रीत हुन्छन्।’

महोत्सवमा कृषिको यान्त्रिकीकरण, माछाको विभिन्न परीकार, मत्स्य जानकारी तथा अन्य कृषिकासमेत गरी ४५ स्टल राखिएका छन्। महोत्सवको उद्घाटन सत्र अगाडि अमुवा बजारदेखि कार्यक्रम स्थलसम्म विभिन्न झाँकी तथा जातजातिका भेषभुषा प्रदर्शन गरिएको थियो।

प्रकाशित: Jan 16, 2020| 14:39 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।