मंगलबार, भदौ २, २०८३

सुर्खेतमा १ सय ८ फिट अग्लो बुद्धको मूर्ति बन्ने

सुर्खेतमा शान्तिका अग्रदूत गौतम बुद्धको मूर्ति स्थापना गरिने भएको छ।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

सुर्खेत- सुर्खेतमा शान्तिका अग्रदूत गौतम बुद्धको मूर्ति स्थापना गरिने भएको छ।

वीरेन्द्रनगर–६ बुद्धपथमा १ सय ८ फिट अग्लो बुद्धको मूर्ति निर्माण गरिने भएको हो। वीरेन्द्रनगरमा धार्मिक पर्यटक भित्र्याउन उद्देश्यले मूर्ति निर्माण गर्न लागिएको हो।

बुद्ध सरोबर व्यवस्थापन समितिले वीरेन्द्रनगरमा मूर्ति निर्माण गर्ने जनाएको छ। मूर्ति निर्माण गर्न बौद्ध धर्मका अनुयायीहरुले माघ ३ गतेदेखि ११ गतेसम्म धम्मदेशना (धार्मिक दान संकलन कार्यक्रम) गर्दैछन्।

नौ दिनसम्म चल्ने धम्मदेशनामा प्रत्येक व्यक्तिबाट १ सय र बुद्ध सरोवरका आजीवन सदस्यबाट ३ हजार रुपैयाँ दान संकलन गरिने बुद्ध सरोबर समितिका अध्यक्ष पञ्चसिंह रोकायाले जानकारी दिए।

११ करोडको लागतमा निर्माण गरिने मूर्तिमा ३५ फिटको बौद्ध झण्डा, ५ रङका पानीको फोहोरा र १ सय ८ वटा दाना राखिने छ।

धम्मदेशना कार्यक्रममा बौद्धधर्मका गुरुहरुले पूजाआज र भजनकृतन गर्नेछन्। करिब ८ कट्ठा क्षेत्रफलमा मुद्धको मुर्ति निर्माण गरिने छ।

प्रकाशित: Jan 16, 2020| 14:28 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।