मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कार्यालय नआउने कर्मचारीलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयकाे चेतावनी

कार्यालय नआउने कर्मचारीलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयकाे चेतावनी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी नै नगराई २ महिनाभन्दा बढि समय कार्यालय अनुपस्थित हुने कर्मचारको विवरण माग गरको छ ।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी नै नगराई २ महिनाभन्दा बढी समय कार्यालय अनुपस्थित हुने कर्मचारको विवरण माग गरेको छ ।

मन्त्रालयले स्वास्थ्य सेवा विभाग, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभाग, सरकारी अस्पताल, प्रतिष्ठान, औषधि व्यवस्था विभाग लगायत आफ्ना मातहातका कर्मचारीलाई पत्र पठाइ कर्मचारीको विवरण माग गरको हो ।

त्यस्ता कर्मचारीको विस्तृत विवरण ७ दिनभित्र उपलब्ध गराउन पत्र काटिएको छ । सो पत्र अनुसार विवरण आईपुग्ने आज अन्तिम दिन हो ।

कार्यालय नियमित नआउने कर्मचारीको विवरण मागेको स्वास्थ्य मन्त्रालयले उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ । यस्ता कर्मचारीलाई स्पष्टीकरण पत्र काट्ने र निलम्बनसम्मको प्रक्रिया अघि बढाउने मन्त्रालयको तयारी छ ।

पछिल्लो समय समायोजनको चित्त नबुझेर पदस्थापन भएको कार्यालयमा हाजिर हुन नजाने कर्मचारीको संख्या बढ्दै गएको छ ।

अझैपनि ७ हजार कर्मचारीकाे समायोजनको समस्या सुल्झिएको छैन । कर्मचारी समायोजनमा व्यवहारीक त्रुटी देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भन्दै आएका छन् र समायोजनको समस्या समाधानमा ध्यान दिएको बताउँदै आएका छन् ।

प्रकाशित: Jan 16, 2020| 11:54 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।