मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भूकम्प सुरक्षा दिवसः यी हुन् भूकम्पबाट जोगिने ८ उपाय

भूकम्प सुरक्षा दिवसः यी हुन् भूकम्पबाट जोगिने ८ उपाय

‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ नाराका साथ २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

काठमाडौं- विसं १९९० माघ २ गते भूकम्प गएको सम्झनामा आज (बिहीबार) देशभर विभिन्न कार्यक्रम आयोजना गरी २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।

‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ नाराका साथ दिवस मनाउन लागिएको हो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।

भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन थालेको थियो ।

दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लियो, आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए, नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए ।

सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्‍यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो ।

यसको पुनःनिर्माणका लागि चार वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र बीचमा रहेको बालगोपालेश्वर मन्दिरबाट शुभारम्भ गरेकी थिइन् । राष्ट्रपतिले पुनःनिर्माणको शुभारम्भ गरेकै स्थल रानीपोखरीको काम चार वर्ष बित्दासमेत सम्पन्न हुनसकेको छैन ।

दिवसका अवसरमा मूल समारोह समितिले आज भक्तपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । मूल समारोहको कार्यक्रमअघि भक्तपुरमा जनचेतनामूलक दुई पदयात्रा हुने प्रचारप्रसार उपसमिति संयोजक एवं शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले लाई जानकारी दिए ।

भूकम्प आफैले मानिस मार्ने वा घाइते बनाउने होइन, बरु मानिसले बनाएका संरचना भत्किएर र भूकम्पको कारण मानिस आत्तिएर क्षति थपिने गर्दछ। तसर्थ अग्रीम सावधानी अपनाएर भूकम्पको क्षति न्यून गर्न सकिन्छ।

केहि सामान्य कुराहरुमा ध्यान दिन सकियो भने भूकम्पबाट हुने क्षती कम गर्न सकिने र जोगिने विज्ञहरु बताउँछन् ।

यी हुन भूकम्पबाट जोगिने ८ उपाय

१– घर, पसल वा कुनैपनि अग्लो भवनमा हुनुहुन्छ भने त्यहाँ बाहिर निस्केर तुरुन्त खुला ठाउँ, चौरहरुमा जानुहोस् ।

२– खुला मैदानतर्फ भाग्नुहोस् । भूकम्पको बेला खुल्ला मैदान नै सुरक्षित स्थान हो । अन्य कुनै पनि वस्तु सुरक्षित मानिँदैनन् ।

३– कुनै पनि भवनको आसपास उभिनु हुँदैन् । त्यो भवन तपाईको काल बन्न सक्छ ।

४– यदी तपाई अग्ला भवनमा हुनुहुन्छ । जहाँ लिफ्ट छ त्यो लिफ्टको प्रयोग कुनै पनि हालतमा गर्नुहुँदैन् । यस्तो बेला भर्‍याङनै प्रयोग गर्दा सुरक्षित मानिन्छ ।

५– घरको ढोका र झ्याल खुला राखौं । ताकि भाग्न सजिलो होस् ।

६– घरका सबै विद्युत स्विच, वटन बन्द गरौं ।

७– यदी तपाई भवनको धेरै माथिल्लो भागमा हुनुहुन्छ र तुरुन्त तल भाग्न सम्भव छैन् भने भवनमा रहेका टेबल, कुर्सी अथवा खाट ९वेड०को तल लुक्नुहोस् ।

८– भूकम्पको बेला मानिसले ध्यान राख्नैपर्ने कुरा के हो भने उसले हल्ला गर्नुहुँदैन् । र कुनै पनि किसिमको अफवाह फैलाउनुहुँदैन् । यस्तो बेला त्रासको वातावरणले अप्रिय घटना हुनसक्छ ।

प्रकाशित: Jan 16, 2020| 09:28 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।