मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एक महिनामै ५४ हजार चालक कारबाहीमा, ट्राफिक अझै आक्रामक बन्ने

एक महिनामै ५४ हजार चालक कारबाहीमा, ट्राफिक अझै आक्रामक बन्ने

काठमाडौं उपत्यकामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ५४ हजार चालकलाई कारवाही गरिएको छ ।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

काठमाडौं- काठमाडौं उपत्यकामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ५४ हजार चालकलाई कारवाही गरिएको छ ।

सडक प्रयोगकर्ता, पैदलयात्री, चालक र सहचालक, विद्यालयका विद्यार्थीलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले चलाएको तीन महिने ‘विशेष ट्राफिक उज्यालो अभियान’ अन्तर्गत पुस महिनामा चालकलाई कारवाही गरिएको हो ।

उक्त अवधिमा झण्डै ४२ हजार जनालाई ट्राफिक नियम सम्बन्धी सचेतना प्रदान गरिएको महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए । ट्राफिक प्रहरी आफ्नो काममा अझै आक्रामक बन्ने समेत उनले बताए । नियम उल्लंघन गरेर कोहि चालक भाग्न नसक्ने उनको भनाइ थियो ।

महाशाखाले दिएको जानकारी अनुसार फुटपाथमा जथाभावी पार्किङ गर्ने पाँच हजार ८१७, जथाभावी हर्न बजाउने एक हजार ५६१, मापसे गरी सवारी चलाउने दुई हजार ७८४, लेन अनुशासन पालना नगर्ने तीन हजार ४१, जथाभावी पिक एण्ड ड्रप गर्ने दुई हजार ४२ र बढी भाडा लिने ८२९ चालकलाई कारवाही गरिएको महाशाखाले जनाएको छ ।

उक्त समयमा पाँच हजार ६४६ सार्वजनिक भाडाका सवारी चालक र सहचालक, एक हजार ६४४ ट्याक्सी चालक, नौ हजार ७५ मोटरसाइकल चालक, ५७ सरकारी सवारीका चालकलाई ट्राफिक नियम सम्बन्धी जानकारी दिइएको छ ।

यस्तै २१ हजार ३७६ पैदलयात्री, ७१७ सङ्घ संस्थाका सवारी चालक तथा तीन हजार २२० विद्यार्थीलाई पनि सचेत गराइएको महाशाखाले जनाएको छ ।

अभियान अन्तर्गत जथाभावी बाटो काट्ने एक हजार ६१० पैदलयात्रीलाई तत्काल सोही स्थानमा २० मिनेटको सचेतना कक्षा समेत दिइएको महाशाखाले जनाएको छ ।

प्रकाशित: Jan 16, 2020| 09:04 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।