मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जंगलमा लुकेर तास खेल्ने पाँच जुवाडे प्रहरीको फन्दामा, १५ जना फरार

जंगलमा लुकेर तास खेल्ने पाँच जुवाडे प्रहरीको फन्दामा, १५ जना फरार

इलाका प्रहरी कार्यालय बनेपाको टोलीले बनेपा नगरपालिका–९ मगरगाउँमाथिको जङ्गलमा तास खेलिरहेको अवस्थामा नगद र सवारी साधनसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

काभ्रे- इलाका प्रहरी कार्यालय बनेपाको टोलीले बनेपा नगरपालिका–९ मगरगाउँमाथिको जङ्गलमा तास खेलिरहेको अवस्थामा नगद र सवारी साधनसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

जङ्गलमा गएर लुकेर तास खेलिरहेको अवस्थामा बुधबार बेलुका पाँच जनालाई नियन्त्रणमा लिनुका साथै नगद रु एक लाख ६२ हजार २०, चार स्कुटर, ११ मोटरसाइकल, एउटा कार र ११ बुक तास बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनले फरार रहेका १५ जनाको खोजीकार्य जारी रहेको र दुई वटा चेकबुकसमेत बरामद भएको जानकारी दिए । पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारवाही हुने प्रहरीले जनाएको छ ।

प्रकाशित: Jan 16, 2020| 08:39 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।