मंगलबार, भदौ २, २०८३

देवघाटमा माघे सङ्क्रान्ति मेला भर्नेको घुइँचो

पवित्र तीर्थस्थल देवघाट धाममा माघे सङ्क्रान्ति मेला भर्न आउने तिर्थालु भक्तजनको घुइँचो लागेको छ ।
 |  बुधबार, माघ १, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १, २०७६

चितवन- पवित्र तीर्थस्थल देवघाट धाममा माघे सङ्क्रान्ति मेला भर्न आउने तिर्थालु भक्तजनको घुइँचो लागेको छ ।

मङ्गलबार बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार ठूलो सङ्ख्यामा भक्तजन देवघाटमा रातभर जागराम बसेका थिए ।

बिहान स्नान गरेर फर्कने र स्नान गर्न आउनेको भिड लागेको छ । उनका अनुसार देशभर र भारतीय विभिन्न क्षेत्रबाट भक्तजन आउने क्रम जारी रहेको छ । मेलालाई व्यवस्थित गरिएकाले तिर्थालु भक्तजनले सहज रुपमा स्नान र पूजापाठ गर्न पाएको अध्यक्ष पौडेलले जानकारी दिए ।

देवघाट आउने सवारीसाधनलाई ठिमुरा, रामनगर र दासढुङ्गाबाट आउने व्यवस्था मिलाइएको छ भने फर्कदा ती सवारीले आँपटारीको बाटो प्रयोग गरेका छन् । दासढुङ्गामा देवघाट जोड्ने पुल सम्पन्न भएकाले सो पुल प्रयोग गरेर आउने देवघाटसम्म नै सवारीसाधनमा आई पुगेका छन् ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले आपतकालीन उद्धारका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा रहेको जानकारी दिए । यस्तै डुङ्गासहितको उद्धारका लागि नेपाली सेना पनि जुटेको छ ।

ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । सो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटा हुँदै जाने विश्वास गरिन्छ ।

भविष्य पुराण, विष्णुवचन तथा धमसिन्धु नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी भइने जनविश्वास रही आएको छ । रासस

प्रकाशित: Jan 15, 2020| 10:01 बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।