मंगलबार, भदौ २, २०८३

दशैं र तिहार २५ दिन पर धकेलियो, भाइटीका मंसिरमा

विक्रम संवत् २०७७ सालको दशैं र तिहार २५ दिन पर धकेलिएको छ ।
 |  बुधबार, माघ १, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १, २०७६

काठमाडौं- विक्रम संवत् २०७७ सालको दशैं र तिहार २५ दिन पर धकेलिएको छ ।

असोज एक महिना मलमास परेकाले दुई चाडपर्व करिब एक महिना धकेलिएको पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिए ।

पात्रोअनुसार कात्तिक ७ गते फुलपाती, ८ गते महाअष्टमी, ९ गते महानवमी, १० गते विजय दशमी अर्थात् टीका परेको छ ।

तिहार २८ गतेदेखि सुरु हुनेछ । २८ गते कागतिहार, २९ गते विहान कुकुर तिहार, बेलुकी लक्ष्मीपूजा, ३० गते गोवद्र्धन तथा म्हः पूजा र मंसिर १ गते भाइटीका रहेको अध्यक्ष गौतमले जानकारी दिए ।

उनका अनुसार मलमासका कारण विवाहको लगनलाई समेत असर पारेको छ। आउँदो बर्ष विवाहको लगन करिब १५ दिनजति मात्रै छ । २०७६ सालमा करिब ३० दिन साइत परेको थियो ।

ब्रतबन्धको साइत जम्मा पाँच दिन मात्रै छ । पञ्चाङग निर्णायक समितिले निर्णय गरेअनुसार वि.स. २०७७ सालको घटस्थापना कात्तिक १ गते परेको छ ।

 

प्रकाशित: Jan 15, 2020| 07:45 बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।