मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कृषि बैंकको चार करोड हिनामिना गर्ने आठ जनाविरुद्ध मुद्दा

कृषि बैंकको चार करोड हिनामिना गर्ने आठ जनाविरुद्ध मुद्दा

कृषि विकास बैंक न्यूरोड शाखाको ४ करोडभन्दा बढी रकम हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

काठमाडौं- कृषि विकास बैंक न्यूरोड शाखाको ४ करोडभन्दा बढी रकम हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले बैंकका तत्कालीन शाखा प्रबन्धक प्रेमहरी ढुंगेल, ऋण शाखा प्रमुख गोपाल गिरी, तत्कालीन ऋण अधिकृत अवकाश प्राप्त सलिल रेग्मी, टेलर सहायक दीपिका रेग्मीविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो।

यस्तै बैंकको ऋण शाखा प्रमुख महेश्वर मरहट्ठा, तारानाथ पाण्डे, अवकासप्राप्त सहायक रथी रमेशराज विष्ट र दुर्गा ज्वेलरीका संचालक प्रकाश घतानीविरुद्ध पनि मुद्दा दायर भएको छ।

चेक सच्याएर मिलेमतोमा गैरकानुनी रुपमा बैंकबाट ४ करोड २४ लाख १३ हजार ६ सय १५ रुपैयाँ ४५ पैसा झिकेर हिनामिना गरेको आरोप अख्तियारले लगाएको छ।

राष्ट्र बैंकको निर्देशिका विपरीत सबै व्यक्तिको मिलेमतोमा चेक क्लियरिङको काम गरी प्राप्त रकम भागबन्डा गरिएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।

सो प्रकरणमा बैंककी टेलर दीपिकालगायतलाई अख्तियारको टोलीले मंसिर १७ गते पक्राउ गरेको थियो।

प्रकाशित: Jan 14, 2020| 20:30 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।