मंगलबार, भदौ २, २०८३

पेस्तोलसहित दुईजना पक्राउ

प्रहरीले धनुषाबाट स्वचालित पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको जनकनन्दनी गाउँपालिका–५ बस्ने २६ वर्षीय दिपेश महतो र सोही ठाउँका १९ वर्षीय शुभकेश महतो रहेका छन्।
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

जनकपुरधाम - प्रहरीले धनुषाबाट स्वचालित पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको जनकनन्दनी गाउँपालिका–५ बस्ने २६ वर्षीय दिपेश महतो र सोही ठाउँका १९ वर्षीय शुभकेश महतो रहेका छन्।

आफ्नो घरअगाडि हतियार पड्काउँदै हिडेको सूचना पाएपछि प्रहरीले दिपेशलाई पक्राउ गरेको हो। हतियार पड्काउँदै हिडेको सूचना पाएलगत्तै ईलाका प्रहरी कार्यालय खजुरीबाट पुगेको टोलीले दिपेशलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए।

पेस्तोल फायर भएको सूचनापछि त्यहाँ पुगेको प्रहरी टोलीले दिपेशले आफ्नो आँपको बगैचामा माटो र खरानीले छोपी लुकाइरहेको अवस्थामा एकथान स्वचालित पेस्तोल बरामद गरेका झाले बताए। पक्राउ परेका दुबैजना माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित: Jan 14, 2020| 19:26 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।