काठमाडौं– नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरुमा बुधबारदेखि गोएमएल प्रणाली लागू गर्ने भएको छ। एक वर्षदेखि नै वाणिज्य बैंकहरुले यो प्रणाली परीक्षण गरिरहेकोमा अब औपचारिक रुपमा कार्यान्वयनमा आउन लागेको हो।
‘यसअघि बैंकहरुले गोएमएल सफ्टवेयरको प्रयोग गरे पनि त्यो औपचारिक थिएन र अनिवार्य पनि थिएन। तर बुधबारदेखि भने अनिवार्य हो । नेपालका २७ वटै वाणिज्य बैंकहरुले अब अनिवार्य रुपमा यो सफ्टवेयर प्रयोग गर्नुपर्छ,’ नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने।
उनका अनुसार सो सफ्टवेयरको प्रयोगले बैंकहरु थप पारदर्शी हुन्छन् भने बैंकले अपलोड गरेको रियल टाइममा नै वित्तीय जानकारी इकाइले हेर्न सक्छ।
राष्ट्र बैंकका अनुसार विकास बैंक र वित्त कम्पनीले भने आगामी साउन १ देखि गोएमएल लागू गर्नेछन्।