मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सांग्रिला डेभलपमेन्ट बैंकको १५ औं साधारणसभा सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको १५ औं साधारणसभा सम्पन्न

 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मंगलबार आफ्नो १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आव२०७५–०७६ को सञ्चालक समितिको वार्षिक प्रतिबेदन पारित गर्नुको साथै लेखापरिक्षण प्रतिवेदन सहित २०७६ आषाढको वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सान विवरण तथा विस्तृत आयको विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।

सभाले चालु आ.व. २०७६–७७ को लागि श्याम कार्की एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टस्लाई बाह्य लेखापरिक्षकमा नियुक्त गरेको छ ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु.२,६०,६६,४०,४०० को ८.९५९३% (कर सहित)ले हुन आउने रु २३,३५,३७,२९६÷९६ लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाले स्वीकृत गरेको छ ।

प्रकाशित: Jan 14, 2020| 17:15 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्