मंगलबार, भदौ २, २०८३

सुर्खेतको सीटी बसपार्कमा तोडफोड

सुर्खेतको सिटी बसपार्कमा तोडफोड भएको छ। वीरेन्द्रनगर-६ मा रहेको सिटी बसपार्क सोमबार राति युवाहरुको समूहले तोडफोड गरेको हो। तोडफोडबाट बसपार्कका झ्याल र ढोकाहरु फुटेका छन्। घटनामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुई जनालाई पक्राउ गरेको छ।
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

सुर्खेत–सुर्खेतको सिटी बसपार्कमा तोडफोड भएको छ। वीरेन्द्रनगर-६ मा रहेको सिटी बसपार्क सोमबार राति युवाहरुको समूहले तोडफोड गरेको हो। तोडफोडबाट बसपार्कका झ्याल र ढोकाहरु फुटेका छन्। घटनामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले वीरेन्द्रनगर-६ का लोमन थापा र वीरेन्द्रनगर-१० का सुरेश बोगटीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक तथा अनुसन्धान अधिकृत भरत शाहले दिएको जानकारीअनुसार तोडफोडमा संलग्न एक जना भने फरार रहेका छन्। फरार व्यक्तिको विवरण भने प्रहरीले खुलाएको छैन।

तोडफोडबाट बसपार्कमा रहेको टिकट काउन्टर भवनको मुख्य ढोकासहित आधा दर्जन झ्यालहरुको सिसामा क्षति पुगेको छ। तोडफोडबाट तीन लाख बराबरको क्षति भएको प्रहरी भनाइ छ।

प्रकाशित: Jan 14, 2020| 16:43 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।