मंगलबार, भदौ २, २०८३

एनसेलको मेरो प्लान अब साप्ताहिक प्याकमा

 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

काठमाडौं - एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि मेरो प्लान अन्तर्गत साप्ताहिक प्लान ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डेटा र भ्वाइस सेवाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।

जस अन्तर्गत एनसेलले दुई साप्ताहिक प्याकहरु २ जिबी प्लान र ६ जिबी प्लान ल्याएको छ। २ जिबी प्लान अन्तर्गत ग्राहकले कर सहित ९५ रुपैयाँ ७७ पैसामा २ जिबी डेटा खरिद गर्न सक्नेछन्। यो प्लान अन्तर्गत ग्राहकले अननेट अर्थात एनसेल नेटवर्क भित्र करसहित १ रुपैयाँ २८ पैसा प्रति मिनेट भ्वाइस सेवाको फाइदा लिन सक्नेछन्।

त्यसैगरी ६ जिबी प्लान अन्तर्गत ग्राहकले करसहित १ सय ९१ रुपैयाँ ५४ पैसामा ६ जिबी (४ जिबी + २ जिबी भिडियो डेटा) को मजा लिन सक्ने कम्पनीले जनाएको छ। प्याक अन्तर्गतको भिडियो डेटा युट्युब, आइफ्ल्क्सि, एनसेलको भिडियो पोर्टल तथा गुगल सेवाका अन्य सेवा जस्तै गुगल प्ले, म्याप्स आदि चलाउन सकिने छ। डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटि आफै डेटा बन्द हुने मेरो प्लानको विशेषता रहेको छ।

साप्ताहिक प्लान अन्तर्गतका डेटा भोलुमको समयावधि सुचारु भएको दिन देखि ७ दिनको रहने एनसेलले जनाएको छ। ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार कुनै पनि एउटा प्लान सुचारु गर्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यो योजना मंगलबार देखि सुरु भएको छ।

प्रकाशित: Jan 14, 2020| 15:46 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्