मंगलबार, भदौ २, २०८३

विष खुवाएर दुई छोरा मार्ने आमालाई जन्मकैद

दुई नाबालक छोराहरुलाई विष खुवाएर हत्या गरेको आरोपमा आमालाई जन्मकैदको फैसला सुनाइएको छ। दैलेखको महाबु गाउँपालिका-१ खरिगैराकी २४ वर्षीया कल्पना नेपालीलाई दैलेख जिल्ला अदालतले जन्मकैद फैसला सुनाएको हो।
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

दैलेख - दुई नाबालक छोराहरुलाई विष खुवाएर हत्या गरेको आरोपमा आमालाई जन्मकैदको फैसला सुनाइएको छ। दैलेखको महाबु गाउँपालिका-१ खरिगैराकी २४ वर्षीया कल्पना नेपालीलाई दैलेख जिल्ला अदालतले जन्मकैद फैसला सुनाएको हो।

विसं २०७५ कात्तिक १० गते दिउँसो भुटेको भातमा मेटासिड घोलेर खुवाएपछि उपचारको लागि सदरमुकाम ल्याउँदै गर्दा सात वर्षीय छोरा आयुष नेपालीको बाटोमै र तीन वर्षीय छोरा अमित नेपालीको उपचारका क्रममा ज्यान गएको थियो। जिल्ला प्रहरी कार्यालय दैलेखमा कात्तिक १६ गते ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता भएको थियो। कल्पनालाई प्रहरीले २०७५ कात्तिक २० गते हिरासत अनुसन्धान सकेर दैलेख जिल्ला अदालतमा मङ्सिर १० गते पेश गरेको थियो। त्यही दिन अदालतले कल्पनालाई पुर्पक्षका लागि जिल्ला कारागारमा थुनामा पठाएको थियो।

कल्पनाले आफ्नो श्रीमान् गाउँबाट बिहानै रक्सी खाएर आएको विषयमा सामान्य विवाद भएको झोकमा तीन वटै छोरालाई भुटेको भातमा मेटासिड घोलेर खुवाए पनि ५ वर्षीय माइलो छोरा अमृतले भने नराम्रो गन्ध आएको भन्दै खाने कुरा खाएका थिएनन्।

प्रकाशित: Jan 14, 2020| 15:05 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।