मंगलबार, भदौ २, २०८३

सुनको मूल्य पुनः घट्यो, तोलाको ७४ हजार रूपैयाँ कायम

गत बुधबार इतिहासकै उच्च विन्दुमा रहेको सुनको मूल्य मंगलबार पुनः घटेको छ।
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

काठमाडौं– गत बुधबार इतिहासकै उच्च विन्दुमा रहेको सुनको मूल्य मंगलबार पुनः घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला आठ सय रूपैयाँ घटेको हो।

सोमबार प्रतितोला ७४ हजार ८ सय रूपैयाँमा किनबेच भएको छापावाल सुन मंगलबार ७४ हजार रूपैयाँ कायम भएकोे छ। यसअघि सोमबार पनि छापावाल सुन प्रतितोला दुई सय रूपैयाँ घटेको थियो। गत आइतबार प्रतितोला छापावाल सुन ७५ हजार रूपैयाँ कायम थियो।

यस्तै, तेजावी सुन प्रतितोला ७३ हजार ७ सय रूपैयाँमा कारोवार भइरहेको छ। महासंघका अनुसार सोमबार तेजाबी सुन प्रतितोला ७४ हजार ५ सय रूपैयाँ कायम थियो। यस्तै, आइतबार तेजावी सुन प्रतितोला ७४ हजार ७ सय रूपैयाँमा कारोवार भएको थियो।

गत बुधबार छापावाल सुन प्रतितोला ७६ हजार ५ सय रूपैयाँ कायम भएको थियो।

 

 

प्रकाशित: Jan 14, 2020| 13:43 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्