शुक्रबार, असोज ३०, २०८३

माघ २ गते देशभर भूकम्प सुरक्षा दिवस मनाइँदै

आगामी माघ २ गते देशभर विविध कार्यक्रम गरी २२ औं भूकम्प सुरक्षा दिवस मनाइँदैछ।
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

काठमाडौं– आगामी माघ २ गते देशभर विविध कार्यक्रम गरी २२ औं भूकम्प सुरक्षा दिवस मनाइँदैछ। 

‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’भन्ने नाराका साथ यस वर्षको भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो।

राष्ट्रिय भूकम्प सुरक्षा दिवस, २०७६ प्रचारप्रसार उपसमितिले पत्रकार सम्मेलन आयोजना गरी भूकम्प दिवसमा भक्तपुर दरबार क्षेत्रमा मूल कार्यक्रम आयोजना गरिने जनाएको छ।

उपसमिति संयोजक एवं शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले मूल समारोहको कार्यक्रमअन्तर्गत भक्तपुरमा जनचेतनामूलक दुईवटा र्‍याली निकालिने बताए।

१९९० माघ २ को भूकम्पको सम्झनामा २०५५ सालदेखि सुरक्षा दिवस मनाउन थालिएको हो।

प्रकाशित: Jan 14, 2020| 11:52 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।