मंगलबार, भदौ २, २०८३

काठमाडौंमा एनसेलको दुईवटा टावरमा आगजनी

अज्ञात समुहले काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी भएको छ ।
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

काठमाडौं- अज्ञात समुहले काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी भएको छ ।

काठमाडौंको दक्षिणकाली नगरपालिका–८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा आगजनी गरेको हो ।

सोमबार राति भएको आगजनीबाट टावरमा क्षति पुगेको छ भने वरपरको क्षेत्रमा सेवासमेत अवरुद्ध भएको छ ।

आगजनी गर्ने समुहको पहिचान हुन नसके पनि प्रहरीले नेत्रविक्रम चन्द विप्लव समुहमाथि आशंका गरेको छ । विप्लव समुहले एनसेलमाथि निरन्तर आक्रमण गर्दै आएको छ।

राज्यलाई कर नतिरेको भन्दै अहिलेसम्म उसले दर्जनौ स्थानमा रहेका एनसेल टावरमा आगजनी गरिसकेको छ ।

यसैविच दुरसञ्चार प्राधिकरणले टेलिकमका टावरहरुमा आक्रमण नगर्न आग्रह गरेको छ । उसले यस्तो निन्दनीय कार्य तत्काल रोक्न भनेको छ ।

प्रकाशित: Jan 14, 2020| 10:54 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।