मंगलबार, भदौ २, २०८३

बसभित्रै हस्तमैथुन गर्ने युवा एक वर्षपछि पक्राउ

सार्वजनिक बस भित्रै हस्तमैथुन गरेर महिलाको कपालमा विर्य फाल्ने युवालाई एक वर्षपछि प्रहरीले पक्राउ परेको छ ।
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

काठमाडौं- सार्वजनिक बस भित्रै हस्तमैथुन गरेर महिलाको कपालमा विर्य फाल्ने युवालाई एक वर्षपछि प्रहरीले पक्राउ परेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले ती युवालाई सोमबार चितवनबाट पक्राउ गरेको हो । उनलाई काठमाडौं ल्याइएको छ भने आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरिएको छ ।

महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले घटनामा संलग्न युवामाथि अनुसन्धान सुरु गरिसकेको जानकारी दिए । उनीमाथि सार्वजनिक मुद्दा लगाउने प्रहरीले तयारी गरेको छ ।

एक वर्ष अगाडि डल्लु–लगनखेल चल्ने बसमा ती युवाले हस्तमैथुन गर्दै अघिल्लो सिटमा बसेकी एक महिलाको कपालमा विर्य फालेको भिडियो सार्वजनिक भएको थियो।

भिडियो सार्वजनिक भएपछि युवतीहरूको एक समूहले महाशाखा पुगेर सार्वजनिक यातायात महिलाको लागि सुरक्षित नभएको भन्दै दोषी पक्राउ गर्न उजुरी दिएका थिए।

प्रकाशित: Jan 14, 2020| 09:48 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।