काठमाडौं– काठमाडौं महानगरपालिकाले माघ १ गतेदेखि खुलामञ्चमा पार्किङ निषेध गर्ने भएको छ।
खुलामञ्चलाई खुला राख्ने योजनाअनुसार महानगरले माघ १ गतेदेखि पार्किङमा राेक लगाउने निर्णय गरेको हो।
“आउँदो माघ १ गतेदेखि यस ऐतिहासिक खुलामञ्चको गरिमालाई कायम राख्न पार्किङ निषेध गरिने सम्पूर्णमा सूचित गर्न चाहन्छौं,” काठमाडौं महानगर वडा नम्बर २८ ले जारी गरेको सूचनामा उल्लेख छ।
खुलामञ्चमा सर्वसाधारणदेखि सरकारी कर्मचारीले निःशुल्क पार्किङ गर्दै आएका छन्।
पार्किङका कारण खुलामञ्च अस्तव्यस्त भएको भन्दै यसलाई हटाउन ‘अकुपाई टुँडिखेल’का अभियन्ताले पटक–पटक महानगरपालिकालाई पत्राचार गर्दै आएका थिए।