मंगलबार, भदौ २, २०८३

भैरहवामा पनि मनाइयो राष्ट्रिय एकता दिवस

राष्ट्रिय एकता दिवस आइतबार भैरहवामा पनि विविध कार्यक्रम गरी मनाइएको छ ।
 |  सोमबार, पुस २८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २८, २०७६

भैरहवा– राष्ट्रिय एकता दिवस आइतबार भैरहवामा पनि विविध कार्यक्रम गरी मनाइएको छ । ३ वर्षअघि नेपाल भारत सीमा क्षेत्र सिद्धार्थनगर नगरपालिका–२ मा पृथ्वी पार्क निर्माण गर्ने र त्यसमा पृथ्वीनारयण शाहको सालिक राख्नेगरी बनेको समितिले भैरहवामा विभिन्न संघसंस्थाको सहभागितामा कार्यक्रम गरेको हो ।

विद्रोही चोकमा आयोजित सभामा नेकपाका नेता भरतकुमार पोखरेलले मुलुकको माटोले डोर्याउँदै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको कार्यक्रममा स्वतःस्फूर्त रुपमा भएको सहभागिताले आफूलाई खुसी बनाएको बताए ।

अवसरमा सस्कृतिविद् प्रा.डा. गितु गिरिले कुनै पनि वंश स्वाभावैले नराम्रो नहुने बताउँदै एकाध जनाले गरेको गल्तीलाई लिएर पूरै वंशको विरोध गर्नु गलत संस्कार भएको बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुसन्धान विभाग प्रमुख समेत रहेका डा. गिरिले टुक्रे राज्यहरुको एकीकरण गरेर तत्कालिन समयमा पृथ्वीनारयण शाहले गरेको नेपाल एकीकरणले नै नेपाल राज्य भएको तर्क गरे ।

प्रकाशित: Jan 13, 2020| 11:07 सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।