बुधबार, असार ३१, २०८३

नेपाल पुलिसको सामना गर्दै एनआरटी, च्यासलसँग भिड्दै एपीएफ

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (सोमबार) दुई खेल हुँदैछन्।
 |  सोमबार, पुस २८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २८, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (सोमबार)दुई खेल हुँदैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मध्यान्ह १२ बजे सुरु हुने पहिलो खेलमा न्युरोड टिम (एनआरटी)ले विभागीय टिम नेपाल पुलिस क्लबको सामना गर्दैछ। यस्तोमा दुवै टिम जित हात पार्दै ३ अंक जोड्ने दाउमा छन्।

जारी सिजनमा नेपाल पुलिस ८ अंकसहित तालिकाको छैटौं स्थानमा छ। नेपाल पुलिसले २ जित, १ हार र २ बराबरी खेलेको छ।

यता, एनआरटी भने ५ अंक बटुल्दै तालिकाको नवौं स्थानमा छ। एनआरटीले २ जित हात पार्दा १ बराबरी र २ मा हार व्यहोरेको छ।

दशरथ रंगशालामा आजै हुन लागेको दोस्रो खेलमा अर्काे विभागीय टिम एपीएफ र च्यासल युथ क्लब प्रतिस्पर्धा गर्दैछन्।

जारी सिजनमा च्यासल ५ अंकसहित तालिकाको दसौं स्थानमा रहँदा एपीएफ पुछारबाट दोस्रो (तेह्रौं) स्थानमा छ।

प्रकाशित: Jan 13, 2020| 08:19 सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।