मंगलबार, भदौ २, २०८३

वर्षाले उद्घाटन गरिन् 'क्याफे डी'

चावहिलमा अत्याधुनिक सुविधा सम्पन्न क्याफे सञ्चालनमा आएको छ।
 |  आइतबार, पुस २७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २७, २०७६

काठमाडौं- चावहिलमा अत्याधुनिक सुविधा सम्पन्न क्याफे सञ्चालनमा आएको छ।

क्याफेमा थकाली, नेवारीका साथै सबै प्रकारका परम्परागत स्वादका विशेष परिकार उपलब्ध छन्।

क्याफे डी थकाली नाम दिइएको रेस्टुरेन्टको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव अम्जद हुसेन बी साहेल र नायिका वर्षा सिवाकोटीले आइतबार संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

सञ्चालक हेमन्त खनालले भारत सिंगापुर र काठमाडौंका विभिन्न रेस्टुरेन्टमा मेनेजर भएर संगालेको अनुभवबाट आफैले व्यवसाय सुरु गरेको बताए।

यही नामबाट राजधानीका अन्य ठाउमा पनि रेस्टुरेन्ट व्यवसाय बिस्तार गर्ने योजना रहेको उनले बताए। रेस्टुरेन्टमा १५ जनाले रोजगारी पाएका छन्।

प्रकाशित: Jan 12, 2020| 18:27 आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्