मंगलबार, भदौ २, २०८३

एनआईसी एशिया बैंकको सपोर्ट सेवा २४ सै घण्टा

 |  बिहीबार, पुस २४, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २४, २०७६

काठमाडौं– आफ्ना ग्राहकहरुलाई गुणस्तरिय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले अझै आधुनिक र प्रतिस्पर्र्धी सेवा दिने क्रममा २०७१ सालदेखि सञ्चालनमा रहेको ग्राहक सपोर्ट सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याएको छ ।

बैंकका ग्राहकहरुलाई कुनैपनि सहायता आवश्यक परेको खण्डमा एन आई सी एशिया सपोर्ट सेवा वर्षको ३६५ दिन नै र २४ सै घण्टा सम्पर्कमा रहीे ग्राहकहरुको सेवा सुविधाका लागि गुनासो सुनुवाई गर्नुका साथै आवश्यक सूचनाहरु समेत उपलब्ध गराउने छ ।

यस सेवाको प्रयोगका लागि सेवाग्राहीहरुले बैंकको आधिकारिक वेबसाइटमा गई साथीसँग लाईभ च्याट गरी वा बैंकको टोल फ्री नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी वा ९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका प्रतिनिधिहरुसँग आफ्ना जिज्ञासा, गुनासो, सल्लाह र सुझावहरु राख्न सक्नेछन् ।

प्रकाशित: Jan 09, 2020| 14:56 बिहीबार, पुस २४, २०७६
प्रतिक्रिया दिनुहोस्