मंगलबार, भदौ २, २०८३

घट्यो सुनको मूल्य, ताेलाकाे ७५ हजार ५ सय

नेपाली बजारमा सुनको मूल्य बिहीबार प्रतितोला हजार रूपैयाँ घटेको छ।
 |  बिहीबार, पुस २४, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २४, २०७६

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य बिहीबार प्रतितोला हजार रूपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ७५ हजार पाँच सय रूपैयाँमा कारोवार भइरहेको छ।

यसअघि बुधबार छापावाल सुनको मूल्य कीर्तिमानी ७६ हजार पाँच सय कायम भएको थियो।

तेजावी सुनको मूल्य पनि हजार रूपैयाँ घटेको छ। बिहीबार नेपाली बजारमा तेजावी सुन ७५ हजार २ सय रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले नेपालमा पनि सस्तिएको हो। महासंघका अनुसार बुधबार १५ सय ८० अमेरिकी डलर प्रतिऔंस रहेको सुनको मूल्य बिहीबार १५ सय ५५ अमेरिकी डलरमा झरेको छ।

प्रकाशित: Jan 09, 2020| 11:38 बिहीबार, पुस २४, २०७६
प्रतिक्रिया दिनुहोस्