मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हिउँदे वर्षा अझै लम्बिने, कहिलेसम्म हुन्छ वर्षा र हिमपात ?

हिउँदे वर्षा अझै लम्बिने, कहिलेसम्म हुन्छ वर्षा र हिमपात ?

वर्षा गराउने न्यूनचापीय प्रणालीका कारण यसपटक हिउँदे वर्षा लम्बिने भएको छ । हिउँद लागिकन
 |  बिहीबार, पुस २४, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २४, २०७६

काठमाडौं- वर्षा गराउने न्यूनचापीय प्रणालीका कारण यसपटक हिउँदे वर्षा लम्बिने भएको छ ।

हिउँद लागिकन अहिलेसम्म तेस्रोपटक वर्षा र हिमपात भइसकेको छ भने सोमबारबाट पुनः वर्षा र हिमपात हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार चौथो चरणको वर्षा गराउने नयाँ न्यूनचापीय प्रणाली पश्चिमबाट प्रवेश गर्ने तयारीमा छ ।

जसका कारण आगामी सोमबारदेखि पुनः वर्षा र हिमपात हुनेछ । तेस्रो चरणको हिउँदे वर्षा भोलि (शुक्रबार)सम्म कायम रहेने महाशाखाले जनाएको छ। बुधबारबाट सुरु भएको वर्षाको क्रम आज (बिहीबार)सम्म रोकिएको छैन् ।

अहिले देशका अधिकांश भूभागमा मौसम बद्लि भइ वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम शुक्रबारसम्म जारी रहने छ ।

महाशाखाकी मौसमविद् शान्ति कडेँलका अनुसार अहिले देशभरका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको छ। यस्तै पश्चिमका केही स्थान र पूर्वका थोरै ठाउँमा अहिले पानी परिरहेको छ। शुक्रबार पनि यो क्रम जारी रहने उनले बताइन् ।

शनिबार र आइतबार भने मौसम खुल्ने छ । सोमबारबाट पुनः मौसम बद्लि भइ वर्षा हिमपातको सम्भावना रहेको मौसमविद् कडेँलले जानकारी दिइन् ।

चौथो चरणको वर्षा र हिमपातको प्रभाव पनि देशका अधिकांश भूमागमा देखिने सम्भावना रहेको उनले बताइन् । उनका अनुसार काठमाडौं उपत्यकामा पनि त्यसको प्रभाव पर्नेछ ।

यसपटक दुई–तीन दिन कायम रहेर छिटो वर्षा सकिने तर फेरि अर्को वर्षा भइहाल्ने खालको वर्षा चक्र चलिरहेको उनले बताइन् ।

दोस्रो चरणको वर्षा सकिन नपाउँदै सोमबारबाट तेस्रो चरणको वर्षा गराउने गरि न्यूनचापीय प्रणाली पश्चिमबाट नेपाल प्रवेश गरेको थियो । अहिले तेस्रो चरणको वर्षा सकिन नपाउँदै सोमबारबाट चौथो चरणको वर्षा हुन लागेको हो।

भूमध्य सागरमा उत्पन्न भएको पश्चिमी न्यूनचापीय प्रणाली कृष्ण सागर, क्यास्पियन सागरको आकाश हुँदै अफगानिस्तान, पाकिस्तान, जम्मुकाश्मीरको बाटो समातेर नेपालको पश्चिमी भूभागबाट वर्षा गराउन आइपुगेको हो।

अहिले कायम रहेको र आउने प्रणालीलाई बल दिन भारतको गुजरात र राजस्थानमा बनिरहेको दक्षिणी मौसमी प्रणालीले सघाइरहेको छ। जसले गर्दा हिउँदे वर्षाको समय र औसत दर वृद्धि गर्न मद्दत गरिरहेको महाशाखाले जनाएको छ।

प्रकाशित: Jan 09, 2020| 08:54 बिहीबार, पुस २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।