मंगलबार, भदौ २, २०८३

लगातार उकालो लागेको नेप्से ७.३२ अंकले घट्यो

साताको सुरुदेखि नै दोहोरो अंकले उकालो लागेको सेयर बजार परिसूचक नेप्से आज बुधबार भने ७.३२ अंकले ओरालो लागेको छ ।
 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

काठमाडौं– साताको सुरुदेखि नै दोहोरो अंकले उकालो लागेको सेयर बजार परिसूचक नेप्से आज बुधबार भने ७.३२ अंकले ओरालो लागेको छ । लगातार तीन दिन बढ्दा नेप्से ५० अंकले उकालो लागेको थियो । तर आज भने करेक्सन भएर १२०९.६० अंकमा अडिएको छ ।

‘केही लगानीकर्ताले समय–समयमा हल्ला चलाएर बजार बढाउने र बढेको मौका छोपी नाफा बुक गर्ने गर्छन् । फलस्वरुप बजार करेक्सन हुन्छ,’ बजार विश्लेषक तथा पूर्वबैंकर अनलराज भट्टराईले भने ।

बुधबार १७२ कम्पनीको ७३ करोड २१ लाख ६९ हजार रुपैयाँ बराबरको २१ लाख ८५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

ओरालो लागेको बजारमा पनि पाँच कम्पनीले ७ प्रतिशत भन्दा बढीले कमाएका छन् । यसदिन समता माइक्रोफाइनान्स, वमी माइक्रोफाइनान्स, रिलायन्स फाइनान्स, माउन्टेन हाइड्रो नेपाल र स्वाभिमान लघुवित्त वित्तिय संस्थाले ७ प्रतिशत भन्दा बढीले कमाएका छन् । बुधबार लुम्बिनी विकास बैंक, अरुण काबेली पावर, युनियन हाइड्रोपावर, नेशनल माइक्रोफाइनान्स र सनराइज बैंकका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा यस दिन वोमी माइक्रोफाइनान्स शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको ७ करोड १६ लाख २८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, एनआईसी एशिया, माछापुच्छ्रे बैंक, डिप्रोक्स लघुवित्त र प्रभु बैंक सर्वाधिक कारोबार हुने कम्पनीमा परेका छन् ।

प्रकाशित: Jan 08, 2020| 12:12 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्