मंगलबार, भदौ २, २०८३

सनराइज बैंकको थप दुई शाखारहित बैंकिङ सेवा

 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

काठमाडौं– सनराइज बैंक लिमिटेडले बैंकिङ सेवा नपुगेका देशका विभिन्न दुर्गम स्थानहरुमा बैंकिङ सेवा पुर्याउँदै जाने उद्देश्यका साथ लमजुङको ठूलीेबेसीमा ४४औं र तनहुँको टुहुरेपसलमा ४५औं शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ ।

पौष २१ गते सोमबार आयोजित एक कार्यक्रममा ४४ औं शाखारहित बैंकिङ सेवा मस्र्याङ्दी गाँउपालिकाका वडाध्यक्ष लिला प्रसाद घलेले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि कर्णसिंह तामाङलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।

यसै क्रममा पुस २२ गते मंगलबार ४५औं शाखारहित बैंकिङ्ग सेवा भानु नगरपालिकाका प्रमुख तारा नरेश पौडेलले उद्घाटन गरे । नगरपालिकाका प्रमुख तारा नरेश पौडेल र गण्डकी प्रदेशका कार्यालय प्रमुख रबिन्द्र केसीले शाखारहित बैंकिङ सेवाको प्रतिनिधि विष्णु सिलवाललाई पोइन्ट अफ सेल मेसिन संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

दुबै शाखारहित बैंकिङ सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।

 

प्रकाशित: Jan 08, 2020| 11:20 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्