मंगलबार, भदौ २, २०८३

माछापुच्छ्रे बैंकले खोल्यो ग्राहक सेवा केन्द्र

 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

काठमाडौं– आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले ‘माछापुच्छ्रे ग्राहकसेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ ।

ग्राहकलाई छिटोछरितो र सहज रुपमा सुविधा प्रदान गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले अन्तर्राष्ट्रिय स्तरको एसआइपी पीबीएक्समा आधरित आइभीआर बैंकिङ्ग र अडियो नोटिस बोर्डसहितकोे अत्याधुनिक प्रविधिको ओम्नी च्यानल ग्राहक सेवा केन्द्र संचालनमा ल्याएको हो ।

ग्राहकले बैंकको बिभिन्न सामजिक संजालमार्फत सिधै माछापुच्छ्रे ग्राहक सेवा केन्द्रमा सम्पर्क स्थापित गर्न सक्नेछन् ।ग्राहकले ०१५९७०५५५ नम्बरमा फोन गरी आफूलाई आवश्यक परेको जानकारी तत्काल प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित: Jan 08, 2020| 11:16 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्