मंगलबार, भदौ २, २०८३

पार्टी विवाद मिलाउन देउवा लचिलो, निर्णय सच्याइने

असन्तुष्ट पक्षले जिल्ला सभापतिहरुको भेला गरिरहँदा पार्टीभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा लचिलो देखिएका छन्।
 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

काठमाडौं– असन्तुष्ट पक्षले जिल्ला सभापतिहरुको भेला गरिरहँदा पार्टीभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा लचिलो देखिएका छन्।

११ पुसमा बसेको केन्द्रीय समिति बैठकबाट बहुमतले विधानको सदस्यतासम्बन्धी धारा निलम्बन गर्नुका साथै महाधिवेशनको कार्यतालिका जारी गरेको थियो। जसमा असन्तुष्ट पक्षको आपत्ति छ।

जिल्ला सभापतिहरुको भेला चलिरहेकै बेला पार्टी केन्द्रीय कार्यालय पुगेका सह–महामन्त्री प्रकाशशरण महतले सभापति केही निर्णय सच्याउन तयार रहेको बताएका छन्। उनी देउवा निकट मानिन्छन्।

महतले आपसी सम्वादमा कहाँ के सच्याउन पर्ने हो त्यसका लागि सभापति तयार रहेको बताए। उनले भने, “केन्द्रीय समितिको बैठकमै बसेर यी सबै विषय मिलाउन सकिन्छ । विवाद नै नभएको विषयमा विवाद जस्तो बनाएर सार्वजनिक गरियो।”

उनले अगाडि भने, “सरकार जनअधिकारलाई कुण्ठित गर्ने बाटोमा हिंडिरहेका बेला पार्टीभित्रका साना तिना विवादलाई ठूलो बनाएर फाइदा छैन । हाम्रो उर्जालाई एकिकृत पारेर महाधिवेशनको प्रक्रियामा अघि बढ्नु पर्छ र सँगसँगै सरकारको जनविरोधि क्रियाकलापका विरुद्ध उभिनुपर्छ।”

अधिवेशनको माग पनि भइरहेको अवस्थामा कार्यतालिका घोषणा गरिएको भन्दै उनले कार्यतालिकामा परिवर्तन गर्ने, भ्रातृ संगठन र विभागहरुमा कसलाई कति चाहिन्छ त्यती दिने सम्बन्धमा सभापति देउवा सधैँ खुला रहेको पनि दाबी गरे।

असन्तुष्ट पक्षले बैठक वहिस्कार गर्न थालेपछि चार पटकसम्म बैठक सारिएको बताउँदै उनले धेरै समय अन्योलमा बस्नु उचित नहुने भएपछि मात्रै महाधिवेशनको कार्यतालिका ल्याएको बताए।

पार्टी निर्णय सच्याउनका लागि दबाबस्वरुप आयोजना गरिएको ४५ जिल्ला सभापतिहरुको भेला आज तेस्रो दिन पनि बस्दै छ।

भेलाका सहभागीहरुले पार्टी विधान अनुसार चल्नुपर्ने र भागवण्डाको राजनीति अन्त हुनुपर्ने बताएका छन्।

पार्टीका केन्द्रीय सदस्य एनपी साउदले पनि असमझदारीका विषय पहिल्याएर सहमतिको विन्दु खोज्ने प्रयास भइरहेको बताएका छन् ।

प्रकाशित: Jan 08, 2020| 07:40 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।